म्याग्दीमा बोलेरो जीप दुर्घटना, घटनास्थलमै २ जनाको मृत्यु

म्याग्दी | चैत ५, २०८०

म्याग्दीमा बोलेरो जीप दुर्घटना, घटनास्थलमै २ जनाको मृत्यु

म्याग्दी:  म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

 

पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार  मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् ।

 

खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएराती उक्त जीप पालिका केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ गएको थियो ।

 

जीप सडकदेखि करिब ५० मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ ।

 
 

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

थप पढ्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

थप पढ्नुहोस्